आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९०० ले बढेर रु. ९८ हजार ५०० तोकिएको छ ।

अघिल्लो दिन पहेंलो धातु प्रतितोला रु. ९७ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार १०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार २९० पुगेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया