अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको घटनामा अन्य १३ जना घाइते भएका छन् ।

फिलाडेल्फिया पुलिस डिपार्टमेन्टले भिडभाड भएको स्थानमा एक व्यक्तिले गोली चलाएको जानकारी गराएको सञ्चार माध्यमहरुले जनाएका छन् ।सुरक्षाकर्मीले बन्दुक बरामद भए पनि कुनै व्यक्तिलाई पक्राउ नगरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया