सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया