बिहीबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया