बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले  बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया