नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

शुक्रबारका लागि छापावल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार ९७ हजार ३ सय रुपैयाँमा तेजावी र ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ । बिहीबार १२ सय ६५ रुपैयाँ तोलामा चाँदी खरिद बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया