बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो आईपीओ बाँडफाँट भएको हो ।

सर्वसाधारणलाई छुट्याइएको १३ लाख ६५ हजार कित्ता आईपीओ एक लाख ३६ हजार ५ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट www.sanima.capita  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट www.bindhyabasinihydro.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नजिता हेर्न सकिन्छ ।

कम्पनीले जेठ २० गतेदेखि २५ गतेसम्म १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । कूल निष्काशन मध्ये ६० हजार कित्ता कर्मचारीको लागि, ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी १३ लाख ६५ हजार कित्ता सर्बसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीले यसअघि नै पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड रुपियाँ बराबरको १० लाख कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बी गरी कूल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया