शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ।

तपाईको प्रतिक्रिया