बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ । सुनको मूल्यमा एकैदिन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ६ र तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

बुधबार प्रतितोला छापावाला सुन ९६ हजारमा कारोबार भएको थियो भने तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घले जनाएको छ । सुनको भाउ अझै घट्न सक्ने सम्भावना छ ।

आज चाँदीको भाउ भने सामान्य बढेको छ ।तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया