जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। जापान टाइम्सका अनुसार शुक्रबार नारा शहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए। सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर नारा शहरकै एक अस्पताल लगिएको जनाएको छ ।
प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमा आबेको शरीरबाट रगत धेरै बगेको देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
सन् २०२० को अगस्तमा जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट बाहिरिने घोषणा गरेका थिए। आफ्नो स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया