बीबीसी । भारतको नैनीतालको ढेला नदीमा कार खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ।

दुर्घटनामा एक बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

डीआईजी नीलेश आनन्द भर्नेका अनुसार घटना रामनगरमा भएको हो। दुर्घटनामा घाइते भएकी बालिकालाई रामनगर अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनामा परी मृत्यु भएका चार जनाको शव फेला परेको  छ भने पाँच जनाको शव अझै भेटिएको  छैन।  उक्त घटनाप्रति उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले गहिरो दुःख व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया