साताको छैठौं दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार स्थिर रहेर ९४ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया