आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तोलामा २०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ प्रतितोला थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ प्रतितोला थियो ।

तपाईको प्रतिक्रिया