देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन्।

उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो। तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए।

तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन्।

चरम आर्थिक संकट निम्तिएसँगै महँगी बढेपछि र आवश्यक सामग्रीहरु अभाव भएपछि श्रीलंकाली जनताहरु देशव्यापी आन्दोलनमा उत्रिएका हुन्।

पछिल्ला दिनहरुमा देशका शीर्ष नेताहरु प्रदर्शनकारीको त्रासका कारण देश छाड्दैछन्। एजेन्सी।

तपाईको प्रतिक्रिया