देश छाडेरर माल्दिभ्स हुँदै सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजिनामा दिएका छन्।

बीबीसीका अनुसार राजापाक्षेले इमेलमार्फत् सभामुखलाई राजिनामा पत्र पठाएका हुन्। यद्यपी सार्वजनिक रुपमा संसदले उनको राजिनामाबारे जानकारी दिएको छैन।

तर राजापाक्षेले आफ्नो हस्ताक्षरसहितको राजिनामा पत्र पठाएकाले त्यो अब संविधान अनुसार उनी श्रीलंकाका राष्ट्रपति पदबाट बाहिरिसकेका छन्।

यसअघि नै संसदले देशका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपति घोषणा गरिसकेको थियो।

चरम आर्थिक संकट निम्तिएसँगै महँगी बढेपछि र आवश्यक सामग्रीहरु अभाव भएपछि श्रीलंकाली जनताहरु देशव्यापी आन्दोलनमा उत्रिएका थिए।

पछिल्ला दिनहरुमा देशका शीर्ष नेताहरु प्रदर्शनकारीको त्रासका कारण देश छाड्दैछन्। प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवास कब्जा गरेका थिए।

राजापाक्षेको राजिनामासँगै देशभर प्रदर्शनकारीले खुशी व्यक्त गरेर उत्सव मनाएका छन्।

तपाईको प्रतिक्रिया