शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदी तोलामा ३७ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ४५ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया