नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

छापावाल सुनको आजको बजार मूल्य ९३ हजार ६०० प्रतितोला कायम भएको छ। यस्तै तेजाबी सुनको बजार मूल्य ९३ हजार १०० प्रतितोला कायम भएको छ।

यस्तै महासङ्घका अनुसार आज चाँदीमा भने पहिलेको भन्दा १५ रुपैयाँ वृद्धि भएको छ। चाँदी आज तोलामा एक हजार १६० रुपैयाँ कायम भएको छ।

पछिल्लो केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । असार २१ गते ९७ हजार ६०० रुपैया रहेको सुनको मूल्य १० दिनमै ४ हजार रुपैयाले घटेको हो ।

तपाईको प्रतिक्रिया