युरोपका विभिन्न देशहरु अहिले चर्को गर्मीको सामना गरिरहेका छन् । बेलायतमा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम ४० डिग्री सेल्सियस तापमान पुगेको छ ।

फ्रान्स, इटाली, पोर्चुगल, स्पेन र ग्रिसमा चर्को गर्मीका कारण मानिसहरुको दिनचर्या प्रभावित बनेको छ । यहाँसम्म की गर्मीका कारण जंगलमा फैलिएको डढेलो नियन्त्रणमा कठिन भएको छ।

एक हफ्तामा स्पेन र पोर्चुगलमा १७ सयभन्दा धेरै मानिसको गर्मीले ज्यान गएको छ। बेलायतमामा गर्मीबाट सडकमा अलकत्र पग्लिन थालेको छ। गर्मीका कारण स्कुल बन्द गरिएको छ।

गर्मीका कारण लण्डनका कयौँ इलाकामा रेल सेवा प्रभावित भएको छ । मानिसलाई घरमै बस्न अपील गरेको छ। रेलवे ट्र्याक हावाको तुलनामा २० डिग्री धेरै तातो हुने बताइएको छ। तापक्रम अझै बढेमा रेलवे ट्रयाक पग्लिएर खुम्चिने बताइएको छ। लण्डनमा रेल २०० किलोमिटर प्रतिघण्टाले दौडिन्छन्। दुई दिनमै त्यहाँ तातो गर्मीका कारण १० जनाको ज्यान गएको छ।एजेन्सी ।

तपाईको प्रतिक्रिया