पछिल्लो केही दिनयता लगातार घटेको सुनको मूल्य शुक्रबार भने बढेकोे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

तपाईको प्रतिक्रिया