भारतको गुजरात राज्यमा घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु भइसकेको बीबीसी समाचारमा उल्लेख छ।

मदिरा सेवनबाट ४० भन्दा धेरै मानिस अस्पताला भर्ना भएका छन्। यो घटनामा मंगलबार(आज) बिहानसम्म २४ जनाको मृत्यु भइसकेको बीबीसी समाचारमा उल्लेख छ।

मदिरा सेवनबाट बिरामी भएका मानिसहरुलाई उपचारका लागि भावनगर, बोटाद र अहमदाबाद पठाइएको छ। प्रहरीले हालसम्म रक्सी बनाउने र बेच्ने ५  जनालाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धानमा सहयोग गर्न गुजरात एटीएस मंगलबार बिहान बोटाड पुगेको छ ।

तपाईको प्रतिक्रिया