गत सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण इरानका विभिन्न भागमा ५९ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ३० जना बेपत्ता छन् ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा सहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन्। हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ।

इरानका राष्ट्रपति इब्राहिम रायसीले सम्भावित बाढीबाट जनतालाई जोगाउन उपलब्ध स्रोत परिचालन गर्न मन्त्रीहरू, देशभरका संस्थाका प्रमुख र देशका अन्य प्रशासकहरूलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया