कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस) को बस दुर्घटनाग्रस्त भएको छ । बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका दुई जवान सवार थिए ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले रिपोर्टलाई उद्धृत गर्दै सात जवानको मृत्यु भइसकेको जानकारी दिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार यी जवान चन्दनबाडीबाट पहलगाम जाँदै थिए । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

सीमा सुरक्षा बलले एक ट्वीट गरेर अमरनाथ यात्राको ड्युटीबाट फर्किरहेका जवानलाई बोकेको बसको दुर्घटना भएको जानकारी दिएको  छ ।

बस साधुपडाव र चन्दनवाडीको बीचको एक ढलानबाट नदीमा खसेको हो ।

तपाईको प्रतिक्रिया