शनिबार दक्षिणपूर्वी टर्कीमा भएको दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ। त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया