नेपाल आइन् सनी लियोनी, स्वागतमा नेपाली ढाकाटोपी

 


काठमाडौं – बलिउडमा स्थापित अभिनेत्री सनी लियोनी नेपाल आएकी छिन् । उनी आफ्नो आफ्नो आइटम डान्स रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागि राजधानी उत्रिएकी हुन् । यसअघि उनी बिजनेस प्रयोजनका लागि नेपाल आएकी थिइन् ।

भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजिने सनी पूर्वनिर्धारित तालिका अनुसार नेपाल आएकी हुन् । उनी आजै राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सहभागी हुने कार्यक्रम छ । सोही कार्यक्रमका लागि उनी नेपाल आएकी हुन् ।

राजधानीमा उनी आउने खबरसँगै पत्रकार तथा युट्युबरको बाक्लो उपस्थिति थियो । उनी एअर इन्डियाको फ्लाइटमार्फत नेपाल आएकी हुन् ।

चलचित्र ‘पासवर्ड’ को एक गीतमा सनी लियोनीको आइटम नृत्य छ । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राना लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्म भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । सनीका कारण चलचित्रको राम्रो चर्चा छ । यो एक्सनप्रधान चलचित्र हो ।

तपाईको प्रतिक्रिया