भियतनाममा एउटा बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको हो ।

आगलागीमा धेरै मानिस घाइते भएका अधिकारीहरूले बताएका छन् । त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् ।

आगलागी हुँदा बारमा ६० जना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया