रुसको एक विद्यालयमा अन्धाधुन्ध  गोली चल्दा १७ जनाको मृत्यु भएको छ।

पश्चिमी रुसको उदमुर्त गणतन्त्रको राजधानी इजेभस्कको शहरस्थित विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ बालबालिकासहित १५ जनाको ज्यान गएको हो ।

घटनामा २२ बालबालिकासहित २४ जना घाइते भएको बताइएको छ । गोली हान्ने व्यक्तिले दुईवटा पेस्तोल र ठूलो संख्यामा कारतूस ल्याएका थिए। उनले आक्रमणपछि आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उदमुर्त गणतन्त्रका गभर्नरले सोमबारदेखि नै तीनदिने शोक घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया