पाकिस्तानमा बसमा आगलागी हुँदा १७ जना यात्रुको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार पाकिस्तानको सिन्ध जिल्लामा एउटा बसमा अचानक आगलागी हुँदा बसमा सवार १७ जना जिउँदै जलेका हुन् ।
यो घटना कराँचीबाट ९० किलोमिटर टाढा रहेको नूरियाबाद सहरमा बुधबार भएको हो ।
यस्तै, बुधबार साँझ नूरियााबाद नजिकै राजमार्गमा खैरपुर नाथन शाह क्षेत्रमा जाँदै गरेको बसमा आगलागी हुँदा २० जना घाइते समेत भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा मृत्यु हुनेमा आठ जना बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया