भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएको खबर बीबीसीले प्रकाशित गरेको छ ।

जोधपुरको शेरगढ थाना इलाकामा बिहिबार बेलुका चार सिलेन्डर विस्फोट हुँदा दुर्घटना भएको हो । हालसम्म पाँचजनाको मृत्यु भएको छ जबकी जोधपुरको जिल्ला अस्पतालमा जलेका ५५ जनाको उपचार जारी छ ।

जोधपुर ग्रामिण एसपी अनिल कुमारले भने, ‘ग्यास लिक हुँदा सिलिन्डर ब्लास्ट भएका थिए । ५५ जना जलेका थिए जसलाई जोधपुरको एमबीएम अस्पतालमा भर्ना गरियो । पाँचजनाको मृत्यु भयो ।’

उनले भने, ‘अस्पतालमा भर्ना भएका २५ जना गम्भीर छन् । उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका छन् ।’

तपाईको प्रतिक्रिया