अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ ।
प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् ।
प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी गराए ।
दुर्घटनाका लागि चालकको लापरबाहीलाई जिम्मेवार ठहर्‍याउँदै रोहानीले सम्बन्धित अधिकारीहरूले राजमार्ग ट्राफिक सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने बताए ।

तपाईको प्रतिक्रिया