सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।

राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

विष्फोटक पदार्थ लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको हो । शिविरमा ती लडाकुहरुले आक्रमण गरेपछी दोहोरो झडप हुँदा दर्जनौ आतंककारीको पनि मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमालियामा एक दशकभन्दा लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको रणनीतिक तटीय शहरमा सेनाले आफ्नो कब्जा जमाएको दोस्रो दिन सैन्य शिविरमा उक्त हमला भएको हो ।एजेन्सी ।

तपाईको प्रतिक्रिया