धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले अदालतको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जनादेशले बनेको सरकार भत्काउने काम अदालत बाट भएको भन्दै उनले अदालतप्रति असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर राईले लेखेका छान्, ‘जनादेश ले बनेको सरकार भत्काउने अदालत ! जनादेशलाई उल्टाउने अदालत ! अब अदालतले नै देश चलाउँदा हुन्छ !’ अदालतले नै सबैकुरा चलाइदिने भएपछि लोकतन्त्र नै नभएको देशमा चुनाव गरिरहनुको कुनै तुक नभएकोले अनावश्यक खर्चमात्रै भएको टिप्पणी गरेका हुन् ।