कार चोर्न खोज्ने व्यक्तिहरुसँग एक व्यक्तिले अन्डरपेन्टमै लडाईं गरेका छन्।

अस्ट्रेलियामा  मेनबर्नस्थित घर अगाडिको कार चोर्नका लागि दुई व्यक्तिहरु आएका हुन्छन्।दुई व्यक्तिले घरभित्र भएका व्यक्तिको साथीलाई कारबाट झिकेर उक्त कार चोरेर लान खोजेका हुन्छन्।

तर घरभित्रका एक व्यक्ति अन्डरपेन्टमै आउँछन्। उनले हतौडा बोकेका हुन्छन्।त्यसअघि अन्डरपेन्टमा साथी र कार बचाउन गएका व्यक्तिको साथीलाई एक संदिग्ध व्यक्तिले कारबाट जबर्जस्ती निकाल्न खोजिएको देखिएको छ।

जब ती व्यक्ति बाहिर जान्छन् उनले कार जोगाउनका लागि हतौडाले कारको झ्याल फुटाउँछन्। त्यसपछि त्यहाँबाट कार चोरी गर्न आएका एक व्यक्ति कारबाट बाहिर भाग्छन्। अन्य व्यक्तिहरु पनि फरार हुन्छन्।

तपाईको प्रतिक्रिया