भारतीय राज्य विहारको राजधानी पट्नामा गाडी पार्किङको विवादमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई जनाको मृत्यु  भएकाे छ ।

गोली प्रहारका कारण ६ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । पट्नाको जेठुलीको सडकमा उमेश राय नामक एक व्यक्तिले ट्याक्टरबाट गिट्टी खसालेका कारण पार्किङमा समस्या भएपछि भएकाे विवादले उग्र रुप लिएको हो ।

सडकमा गिट्टी नखसाल्न भन्दै स्थानीयले विरोध गर्दा उेमश रायका गुण्डाहरुले भीडमा अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको घटना स्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गोली लागेका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अन्धाधुन्ध गोलीकाण्डपछि आक्रोशित स्थानीयहरुले आरोपी उमेश राय र राय निकटका व्यक्तिहरुका घरहरुमा आगो लगाएका छन् । साथै उनीहरुका घरमा रहेका गाडीमा पनि आगो लगाएका हुन् ।

गोली चलाउन आदेश दिने उमेश राय राजनीतिक पार्टीहरुसँग निकट सम्बन्ध राख्ने गुण्डा भएको सञ्चार भारतीय माध्यमहरुलेजनाएका छन् । राजनीतिक पहुँचका आधारमा हुने गुण्डागर्दीका लागि बिहार भारतकै कुख्यात राज्य हो ।एजेन्सी ।

तपाईको प्रतिक्रिया