रुसमा एक १४ वर्षिया किशोरले ब्वाइफ्रेन्डसँग भेट्न नदिएको झोकमा आफ्नै आमाको हत्या गरेकी छन् । आफ्नै घरको फ्ल्याटमा बस्ने किशोरसँग ती किशोरी प्रेममा परेको र भेट्न बन्देज लगाउँदा दुवै मिलेर आमाको हत्या गरेको द सनमा प्रकाशित रिपोर्ट एक रिपोर्टमा उल्लेख गरिएको छ ।

उक्त रिपोर्टका अनुसार प्रेममा परेका युवा ती युवतीकै घरको फ्ल्याटमा बस्दै आएका थिए । उनीहरुको प्रेम सम्बन्ध भएको थाहा पाएपछि आमाले कम उमेरमै गलत संगत गर्न नहुने भन्दै छोरीलाई सम्झाउँदै युवकसँग भेट्न बन्देज गरेकी थिइन् ।

त्यसपछि आमाको हत्या गरेको बुझिएको छ । आमाको हत्याका लागि प्रेमीप्रेमिकाले ३ हजार ६५० पाउन्ड रकम खर्च गरेको रिपोर्टमा उल्लेख छ । क्षतविक्षत तरिकाले आमाको हत्या गरेर शवलाई प्लास्टिकमा हालेर फ्यालिएको थियो । उक्त शवलाई वेवारिसे भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीको अनुसन्धानपछि उक्त तथ्य फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । शव बरामदको क्रममा प्रत्यक्षदर्शीले देखे अनुसार मृतक आमाको अनुहारमा कुटपिट गरिएको किसिमको चोटपटक छ
। त्यस्तै घाँटी पनि बटारिएको अवस्थामा छ ।

हत्यामा संलग्न छोरी १४ वर्षकी रहेको छन् भने उनकी प्रेमी १७ वर्षको रहेको बताइएको छ । मृतक आमाले ३० हजार पाउण्ड रकम बचत गरेको पनि खुलेको छ । सोही रकम आफ्नो पकेटमा पार्नका लागि आमाको हत्या गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।  एजेन्सी

तपाईको प्रतिक्रिया