भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ । भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एकदिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूमा पनि संक्रमण पुष्टि भएको छ । भैरहवास्थित बेलहिया नाका र नेपालगन्जको जमुनाह नाकाबाट भित्रिनेहरूको सीमास्थित हेल्थ डेस्कमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।