भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो ।

डुंगामा ४० जना सवार थिए । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । खोज तथा उद्धार कार्य जारी छ ।

तपाईको प्रतिक्रिया