धनकुटा,  आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय धनकुटाले १८ करोड बढिको राजस्व संकलन गरेको छ ।
यस कार्यालयको आ.व. २०७५÷७६ को बार्षिक लक्ष्य रु २१ करोड रहेकोमा असार मसान्त सम्ममा १८ करोड ७७ लाख ५४ हजार चार सय ८८ रुपैयाँ एघार पैसामात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयमा संकलन भएको राजस्व मध्ये तीन करोड ६३ लाख १९ हजार दुई सय त्रिचालिस रुपैयाँ आयकर व्याक्तिगत वा एकलौटी फर्मबाट र पारिश्रामिक आयकर बापत एक करोड बयानब्बे लाख ४० हजार ५४ रुपैयाँ राजस्व संकलन भएको करदाता सेवा कार्यालय धनकुटाका प्रमुख तथा कर अधिकृत रमेश ढकालले बताउनु भयो ।
यसैगरि पुजिगत लाभ कर व्याक्तिगत र आय कर सरकारी प्रतिष्ठान, पब्लिक लि., प्रा.लि., अन्य निकाय, पुजिगत लाभ कर निकाय, बहाल कर, ब्याज कर आकस्मिक लाभ कर, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करलगायतका शिर्षकबाट कर संकलन गरिएको हो । 
यस कार्यालयले राजस्वल संकलनका साथै जिल्लामा कर सँग सम्बन्धी विविध प्रकृयाहरु नेपालको बिद्यमान कर प्रणाली, आर्थिक ऐन, २०७५ ले गरेका व्यवस्था, व्यावसाय दर्ता प्रकृया, आय विवरण बुझाउने समय, आयकर, मु अकर, अन्तशुल्क तथा भ(त्म्क् सम्बन्धी जिल्लाका बिभिन्न क्षेत्रहरुमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको कर कार्यालय धनकुटाका कर अधिकृत ढकालले बताउनु भयो ।

उहाँका अनुसार करको दायरा बढाउने निति लिदै चुस्त दुरुस्त रुपमा सेवाग्राहिलाई सेवा दिने र यस संस्था मार्फत सबैलाई करको दायरामा ल्याउने अभियान रहेको छ ।
यसका साथै कार्यालयको क्षेत्र भित्रका करदाताको कारोबारको स्थलगत अनुगमन गरी करको दायरामा नआएका व्यावसायीलाई व्यावसाय दर्ताका लागि पत्र पठाउनुका साथै दर्ता प्रमाण पत्र तथा करपाटी कारोबार स्थलमा राख्नुपर्ने, विलविजक अनिबार्य जारी गर्नुपर्ने, खाता अद्यावधिक हुनुपर्ने, विवरण समयमै पेश गर्नुपर्नेलगायतका विषयमा करदाताहरुलाई सुचित गर्ने गरिएको कार्यालयका सुचना अधिकारी घनश्याम राउतले बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया