साताको पहिलो कारोबार दिन आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुनकोभाउ तोलामा १०० रुपैयाँले घटेको थियो। उक्त दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया