एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ ।

बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारी वर्षासँगै ठाउँ ठाउँमा ठूला चट्टान खस्दा जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग ६ घण्टा बढी बन्द भएको थियो भने हिरानगर क्षेत्रमा जमिन भासिँदा जम्मु–पठानकोट राजमार्ग अनिश्चितकालका लागि बन्द गरिएको छ ।

भारतका अधिकांश राज्यमा केही दिन यता भारी वर्षा भइरहेको छ भने बाढी पहिरोको जोखिम पनि बढेको छ । हिमाञ्चल र उत्तराखण्डमा पनि एक हजार सडक बन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया