नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ३ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी १४६० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया