भारतको केदारनाथ गौरीकुण्डमा पहिरोमा परि जुम्लाको पातारासी गाउँपालिका–३ का एकै घरका ७ जना रहेका छन्। उक्त पहिरोमा धेरै जना बेपत्ता भएको खबर भए पनि यो अहिलेसम्म १३ जनाको मात्रै नाम ठेगाना खुलेको छ । पातारासी गाउँपालिका–३ चौरगाउँका २७ वर्षीय अमृत बोहरा, उनीकी श्रीमती २९ वर्षीया अनिता बोहरा, जेठी छोरी ११ सलिबा बोहरा, साहिली छोरी ९ वर्षीया पिंकी बोहरा, ७ वर्षीया एलिसा बोहरा, ४ वर्षीय छोरो जटिल बोहरा र डेढ वर्षको वकिल बोहरासहित एकै घरका ७ जना पहिरोमा बेपत्ता भएका छन्।

सोही गाउँका ४३ वर्षीय सुकराम रावत र उनका छोरा जोर रावत, ४४ वर्षीय बम बोहोरा पनि पहिरोमा बेपत्ता भएका छन्। सोही गाउँपालिका – २ पेरेगाउँका धनराज बुढा र चन्द्र कामी, उनका छोरा लालबहादुर कामी पनि पहिरोमा बेपत्ता भएको पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए। यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे मार्फत गृह मन्त्रालय हुँदै राजदूतावाससम्म उद्धारका लागि पहल गरिएको बताए।

तपाईको प्रतिक्रिया