एजेन्सी । टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण २ जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बुधबार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट मुसलधारे पानी परेको थियो । सरकारी कार्यालयले बासाकसेहिर जिल्लमा एक गिनी नागरिकको मृत्यु भएको हो भने कुकुकेकमेसे जिल्लमा एक टर्की नागरिकको मृत्यु भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्ष्यमका अनुसार अन्य १२ जना घाइतेहरुको भने अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण हजारौँ घर र पसल बगाएको छ । केही मानिस बेपत्ता भएको बताइएको छ ।

प्रभावित स्थानीयहरुलाई सरकारी आवासमा राखिएको छ । उत्तरपश्चिमी टर्कीमा मंगलबार बिहानदेखि नै भारी वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया