सुनको भाउ आज तोलामा प्रतितोला ७०० रुपैयाँबले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको  थियो ।

तपाईको प्रतिक्रिया