नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया