काठमाडौं – दशैँ तथा तिहारको अवसर पारेर मिलन गीता श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘दशैँ आयो आयो तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बसन्त सापकोटाको संगीत छ भने एकनारायण भण्डारीको शब्द रहेको छ । दशैँ र तिहारको रौनक झल्काउने यो गीतको एरेन्ज साहस शाक्यले गरेका हुन् ।

तपाईको प्रतिक्रिया