विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्व शिक्षक तिर्थराज दाहाल र समाजसेवी गणेश प्रसाद पोखरेललाई प्रिन्सिपल शिव प्रसाद अघिकारी र बाल्मीकी स्कुलकी प्रिन्सिपल सावित्रा पराजुलीले सम्मान गरेका थिए । यसैगरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा अभिभावकको तर्फबाट जिवन कोइरालाले मन्तव्य राखेका थिए । प्रिन्सिपल अधिकारीले विद्यालयको योजना र विद्यालयले गर्दै गरेका गतिविधिका बारेमा अभिभावकलाई जानकारी गराएका थिए । उनले विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सिमित नराखेर हरेक क्षेत्रमा अब्बल बनाउन विभिन्न क्रियाकलापहरू गर्दै आएको बताए । अभिभावक दिवसमा विद्यार्थीहरूले मारवाडी नृत्य, झागड नृत्य, सन्थाल नृत्य, मगर नृत्य, लोक नृत्यलगायत विभिन्न संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए भने गीत पनि गाएका थिए । यस्तै विद्यार्थीहरूले ‘असल साथी’ नामक नाटक समेत प्रस्तुत गरेका थिए । यस्तै शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रिन्सिपललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगामा कल चलाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोरङ : मोरङको बूढीगंगा गाउँपालिका–४ गोकुल उराउ टोलकी ४० वर्षीया मुना कार्कीको करेन्ट लागेर मृत्यु भएको छ। घर नजिकै पानी ...
घुस रकमसहित वन कार्यालयका कर्मचारी पक्राउ
उदयपुर । सामुदायिक वन उपभोक्ता समूहको काम सहज बनाइदिने भन्दै घुस लिएको आरोपमा डिभिजन वन कार्यालय उदयपुर, गाईघाटका वन अधि...
टंकीसिनवारी खानेपानीको सदस्य पदमा अशोक ठाकुरको उम्मेदवारी, पारदर्शिता र जिम्मेवार सेवाको प्रतिबद्धता
टंकीसिनवारी । टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको सदस्य पदका लागि अशोक ठाकुरले उम्मेदवारी दिएका छन्। उनले...
ध्रुवलक्ष्मी एरिया ‘ए’ महिला फुटसल प्रतियोगिता आयोजना हुँदै
विराटनगर । जेसीआई टंकिसिनवारी जुनियरको आयोजनामा ‘ध्रुवलक्ष्मी एरिया–ए महिला फुटसल प्रतियोगिता २०२६’ हुने भएको छ। एरिया ‘...
टंकीसिनवारी खानेपानी निर्वाचन : पारदर्शिता र २४ सै घण्टा शुद्ध पानीको प्रतिबद्धता
बुढीगंगा । टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको आगामी भदौ ७ गते आइतबार हुने निर्वाचनका लागि अध्यक्ष कृष्णब...
जिल्ला कारागार मोरङमा बिहानैबाट खानतलासी
विराटनगर – विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अ...
















