झापामा परीक्षा दिएर फर्केकी एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीमाथि गोली भएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार गरिएको हो ।

तर प्रहरीले ने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णकुमार कुमार चन्दले आवाज आएको सुनिए पनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए ।

उनले यसबारे थप अनुसन्धान भइरहेको बताए । अहिलेसम्म कोही पनि पक्राउ नपरेको उनले बताए

तपाईको प्रतिक्रिया