उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन  इच्छाशक्ति भए पुग्ने बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भने– ‘इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ । त्यस बेला बजेट छैन भन्ने कुरा आउँछ । नागरिकको ज्यान जोगाउने कुरा हो । बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद् आउँदा तत्काल उद्धार गर्नेहरू लामो समयसम्म थन्किएका छन् । प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ । सरकारका तर्फबाट प्रयास गरी नै रहेका छौँ । एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौँ ।’

उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्व तयारीमा जोड दिनुपर्ने बताए । उनले भने– ‘विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफल हुनुपर्छ । आवश्यक स्रोतहरू उपलब्ध गराउन सरकार तयार छ ।’

तपाईको प्रतिक्रिया