भारतमा वैशाख २५ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको जोगबनी नाका तीन दिन बन्द हुने भएको छ।
जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका आज साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म नाका बन्द हुने भएको हो ।
यसैगरी मोरङको सिमा क्षेत्र पनि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाकाबन्द गर्नुपर्ने भएकाले निर्वाचनका लागि आइतबार साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने छ ।

तपाईको प्रतिक्रिया