जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ।

हतियारधारी समूहले उक्त रकम लुटेर भागेका छन्। शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीनजनाले रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले रकम लुटेर भागेको र अहिले उपलब्धि प्राप्त नभएको बताएका छन्। लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया